अमेरिकी डलर सहित एक जना पक्राउ
२०८१-०४-०८
- A
- A-
- A+
रसुवा, अवैध रूपमा लुकाई छिपाई चीनतर्फ लैजान लागेको २० हजार अमेरिकी डलर सहित आमाछोदिङमो गाउँपालिका-५ पाजुङ बस्ने २२ वर्षीय नुर्पु तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढी नाकामा चेकजाँच गर्ने क्रममा नेपालबाट चीनतर्फ पैदल जाँदै गरेका उनलाई १ सय दरका २ सय थान उक्त अमेरिकी डलर सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।