अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०८-०६
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित खजुरा गाउँपालिका-२ बस्ने २२ वर्षीय सुरज गन्धर्वलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगञ्ज महानगरपालिका-३२ टेढास्थित सडकबाट अवैध लागूऔषध चरेश २ केजी सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ ना.५२ प ६०५७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल छाडी फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो । हाल फरार व्यक्तिको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।