प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७९-०३-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका-९ घर भएका २७ वर्षीय विकास थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने प्रलोभन देखाई दुई जना पीडितबाट ११ लाख रूपैयाँ रकम लिई सम्पर्क विहिन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ वसुन्धाराबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-३०

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ५ ग्राम १ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन खैरो धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने १९ वर्षीय अर्बिन थारु र सोही ठाउँ बस्ने २२ वर्षीय मन्सुर थारु रहेका छन् । उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उक्त स्थानबाट भागी फरार रहेका १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-३०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२३ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने सोही महानगरपालिका-२७ असन कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ भदौ १ गतेको फैसलाले ३० दिन कैद र १० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ज्योति विकास वैंक लिमिटेड असन काठमाडौंमा रहेको बैंक खाताबाट जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-३०

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रदेश लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई कोठाको विभिन्न ठाँउमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिरहा, औरही गाउँपालिका-१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पार्वतीले आफ्नै घरमा लागूऔषध गाँजा बिक्रीबितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मलवार र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा घरको बैकलमा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ सय २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने २५ वर्षीय आशिस शाहीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-३०

 बर्दिया, अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका -१० बस्ने कधही चमारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको फैसलाले ८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको छ । मोरङ, चोरी मुद्दाका फरार प्रतिवादी रामधुनी नगरपालिका-२ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ मंसिर २३ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन २ दिन कैद र नगद १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरबाट पक्राउ गरेको हो ।  दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मोरङमा बुझाइएको छ ।

नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०४-३०

काठमाडौं, नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा खोटाङ बाह्रपोखरी गाउँपालिका-५ देवथान घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने मुन ह्‍युमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रकाशले १६ जना व्यक्तिहरूलाई वर्किङ भिषामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रुपमा काममा लगाईदिन्छु, सुरूमा मासिक ७५ हजार रूपैयाँ तलव हुन्छ भन्ने प्रलोभन देखाई उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहिन भएकोले पक्राउ गर्न वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।