अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०३-२३
- A
- A-
- A+
दाङ, लमही नगरपालिका-७ अर्जुनखोला स्थित कोपिला नास्ता पसलबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय दिपु नेपाली र बङ्लाचुलि गाउँपालिका-२ बस्ने ३० वर्षीय चेत बहादुर विक रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १८ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दर हरैचा नगरपालिका-४ बस्ने २३ वर्षीय दिपेश चौधरी र सुनवर्षी नगरपालिका-१ बस्ने २० वर्षीय लोकेन्द्र बहादुर खतिवडा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।