३० जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०७९-०४-०६
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा २६ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
उक्त तालिम समापनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिम संगठनको आवश्यकता पूर्ति गर्नका लागि मात्र नभई विपद्को समयमा नागरिकको धनजनको सुरक्षाको लागि समेत उपलब्धीमूलक हुने उल्लेख गर्नुभयो । तालिमको अवधिमा सिकेका विभिन्न सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न सकेमा मात्र तालिमको औचित्य पुष्टी हुने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ १७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान १५ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।