जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०७९-०७-२१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-७ गंगाहिटी मिरमिरे टोलस्थित रुपचन्द्र श्रेष्ठको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५७ हजार ८ सय ५५ रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।