जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ
२०८०-०७-२३
- A
- A-
- A+
सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चौक बस्ने संजय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ५ सय ८५ रुपैँया, ६ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।