अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ
२०८०-०७-२०
- A
- A-
- A+
कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ११ ग्रामसहित भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने २६ वर्षीय धमेन्द्र दुबेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।