जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०२-२३
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा बस्ने ४१ वर्षीय हरि भुर्तेलको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि समेत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ६ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।