प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-१०-१६

  • A
  • A-
  • A+
Share

ललितपुर, आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-७ देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले बिबादको क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भनि प्रहरी चौकी टिकाभैरवमा गई जानकारी गराएपश्‍चात प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२४

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-११ गन्जे डाँडा बस्ने ४६ वर्षीय तोई बहादुर कटवालको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-११ राम्पा बस्ने १९ वर्षीय रोशन भन्ने भुवन सिंह कार्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । तोई बहादुर आफ्नै घरमा शनिबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट खटिएको प्रहरीले भुवन सिंहलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा भुवन सिंहले आपसी वादविवादको क्रममा चक्कु प्रहार गरी तोई बहादुरको हत्या गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२३

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१ घर भएका ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तम प्रसाद रिसाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ हाईविजन क्लोनीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको छ ।