अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-२५
- A
- A-
- A+
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१२ शिवनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कौशिला कालुङ् र सोही नगरपालिका-९ बस्ने ३९ वर्षीया निशा वली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कौशिलाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित कञ्चनपुर पुर्नवास नगरपालिका-११ बस्ने १९ वर्षीय निशान ढकाल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ झगडपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश मल्ललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-४ गोबरीया बस्ने २९ वर्षीय अमित चौधरी, सोही नगरपालिका-१८ सालघाँरी बस्ने २७ वर्षीय शेखर चौधरी र शुक्लाफाँटा नगरपालिका-७ झण्डभोज बस्ने २४ वर्षीय सुशिल डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-१ चम्पापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीसँगै आएका हाल फरार १ जनाको खोजी गरिरहेको छ ।
मोरङ, विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाईजेपाम ४ एम्पुल र लुपिजेसिक ४ एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३१ वर्षीय कलाम मियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२७ डाडाकोनाकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५ एम्पुल, फेनारगन ५ एम्पुल र डाईजेपाम १ एम्पुल सहित सोही महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने २३ वर्षीया सुस्मिता गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१० प २४३१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१९ ब्रहमपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय ४० मिलिग्राम र नगद १९ हजार ९ सय ८० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३८ वर्षीय चक्र बहादुर जिमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.३९ प ३१२३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-९ सनराइजहोम स्नुकर हाउसबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-९ बस्ने २३ वर्षीय अनिस लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।