एक किलो एक सय ग्राम कोकिन सहित दुई जना पक्राउ
२०८१-०४-०२
- A
- A-
- A+
काठमाडौं, काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाइजेरियन नागरिक ४४ वर्षीय IKECHUKWU CYRIL OBODOEFULA र भारतीय नागरिक २४ वर्षीय FAHIMUDDIN NASIMUDDIN ANSARI रहेका छन् ।
काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित होटल बागमतीको कोठा नम्बर १०४ मा बसेका नाइजेरियन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । सोधपुछको क्रममा कोकिनका क्याप्सुलहरू काठमाडौं महानगरपालिका-२६ स्थित होटल हानाको कोठा नम्बर १०२ मा बस्दै आएका भारतीय नागरिकलाई दिएको भनी खुल्न आएपछि उनको कोठा तलासी गर्दा ६२ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन फेला परेको हो ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेस गरी लागूऔषध कोकिन मुद्दामा म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।