प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध खैरो हेरोइन सहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उपमहानगरपालिका-११ बन्चरेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ हिलेखर्क बस्ने ३२ वर्षीय जिवराज रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिवराजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-६ वैशाखाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १६ मिलीग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका-१३  कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मे.७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त ठाउँमा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्राम सहित रामेछाप, रामेछाप नगरपालिका-८ बस्ने ३० वर्षीय बिजय लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ, नगद १० हजार रूपैयाँ र २ थान मोबाइल फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित ईलाम माई नगरपालिका-२ बस्ने २२ वर्षीय केविन्द्र गोले समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-२२

काठमाडौं महानगरपालिका-१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका-७ चाबहिल बस्ने रूकुम पश्चिम बाफीकोट गाउँपालिका-८ घर भएका ४१ वर्षीय डण्ड बहादुर खत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-८ मखन भोग होटलबाट अवैध लागूऔषध खैरो हिरोईन ४९ ग्राम ९ सय मिलिग्रामसहित बरियारपट्टी गाउँपालिका-१ बडहरी बस्ने ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको    हो ।  सर्लाही, हरिपुर नगरपालिका-६ बस्ने ३३ वर्षीय जाकिर मंसुर र सोही नगरपालिका-८ बस्ने ५८ वर्षीय जुगेश्वर दास कथबनियालाई अवैध लागूऔषध गाँजा ४ केजी ७ सय ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । हरिपुर नगरपालिका-२ स्थितबाट २ सय ग्राम गाँजासहित जाकिर मंसुरलाई ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जाकिर उक्त गाँजा जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको खुल्न आएपछि प्रहरीले जुगेशवर दासलाई ४ किलो ५ सय ग्रामसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०८-२०

काठमाडौं, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ केरवानीबाट नियन्त्रित लागूऔषध बुप्रोनोर्फिन १ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९८ एम्पुल, फालङगर १ सय ९८ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्रामसहित पाल्हिनन्दन गाउँपालिका-४ लोहरौली बस्ने २१ वर्षीय सागर गुप्तालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.६४ प ३७८७ नम्बरको मोटरसाइकलमा सवार सागरलाई पक्राउ गरेको हो । मोटरसाइकल रोक्न खोज्दा फरार भएका चालकसहित २ जनाको प्रहरीले खोजी गरिरहेको छ । अर्घाखाँची, शितगंगा नगरपालिका-४ भेडामारेबाट अबैध लागूऔषध गाँजा १ किलो ५  सय ग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु वुद्धभूमी नगरपालिका-१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन विक र कपिलवस्तु नगरपालिका-९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभर रहेका छन् । ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु.१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनलाई ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक धर्व समेतलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१९

 कैलाली, गोदावरी नगरपालिका-१ बरपिपल गल्लीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ५० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश कट्टेल र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय प्रहलाद खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  धादिङ, गजुरी गाउँपालिका-२ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित नुवाकोट तारकेश्वर गाउँपालिका-२ बस्ने २१ वर्षीय धिरज बराल मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले उनलाई चामलको बोराभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।