प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०२-१५

  • A
  • A-
  • A+
Share

सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-२ चङ्खीदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि  महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।