अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-३१
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-३१ किमवेशी बस्ने २५ वर्षीय जिवन परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ५९३९ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा बसमा सवार परियारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० मनिकापुरस्थित सडकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-२२ पुरैनी बस्ने ३२ वर्षीय भगवन्त लोनियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कण्ठीपुरबाट रांझा चोकतर्फ जाँदै गरेको भे.१२ प ३०१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक लोनियालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।