हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ
२०८३-०३-२३
- A
- A-
- A+
कैलाली, नाबालकको हत्या भएको घटनामा संलग्न रही फरार रहेका गौरीगंगा नगरपालिका-६ बस्ने २५ वर्षीय खगेन्द्र भन्ने खेमराज कठायतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-१७ स्थित कालिका सामुदायिक वनमा १० वर्षीय तनुज चौधरी असार १२ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई धनगढी उपमहानगरपालिका-२ भन्सार रोडबाट पक्राउ गरेको हो ।
उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।