प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

भोजपुर, अरुण गाउँपालिका-३ बस्ने ३७ वर्षीय पूर्ण बहादुर राइलाई १ थान भरूवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पूर्ण बहादुर र सोही ठाउँ बस्ने २३ वर्षीय पारुहाङ राईले सोही ठाउँस्थित मालिका सामुदायिक वनको छेउको बारीमा बाँदरलाई लखेट्न बनाएको उक्त बन्दुक पड्काउँदा छर्रा लागि पारुहाङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पूर्ण बहादुरलाई पक्राउ गरेक हो । साथै घाइते भएका पारूहाङलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगरतर्फ  पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।