अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१३
- A
- A-
- A+
महोत्तरी, एकडरा गाउँपालिका-५ गेना बथनाहा टोल बस्ने ६५ वर्षीय सोवित कापरलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटकटैयाबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५, १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९६ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय गोपाल बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बम्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।