प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४३ जना पक्राउ

२०८३-०३-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-७ कुमारीगलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट र नगद ७ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ५० वर्षीया सरस्वती श्रेष्ठ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सरस्वतीको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

झापा, शिवसताक्षी नगरपालिका-७ बस्ने ४० वर्षीय सुरज ढकाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ६४ मिलिग्राम र नगद १ लाख १ हजार ९ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९९७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २२ मिलिग्राम सहित कमल गाउँपालिका-३ बस्ने ३१ वर्षीय धनुश सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-४ तारानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ गरामनी बस्ने ३७ वर्षीय सुरेश सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ९४५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ डाँसपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय चेतन भन्ने संजय दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, बैजनाथ गाउँपालिका-३ सुतैयास्थित फुटबल ग्राउण्ड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भएका २६ वर्षीय समिर शाही र भारत बहराइज केवलपुर सकिन नगर रूपैडिया बस्ने ४३ वर्षीय गोपी निसार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-६ शिव मन्दिर नजिक बस्ने २८ वर्षीय कृष्ण कुमार थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम, नगद ४० हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कृष्ण कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१७ थुकैला गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ६३ ग्राम ५ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिहा नई बस्ती बस्ने ४० वर्षीय मो. रिजवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४० क्यू ८९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, लम्कीचुहा नगरपालिका-६ तिलखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ हरैयापुर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले से.४ प ७४८१ नम्बरको मोटरासइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय २० मिलिग्राम सहित रामधुनी नगरपालिका-१ बस्ने ३२ वर्षीय अजय चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले को.२१ प ५६५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएकी २५ वर्षीया बिष्णु तामाङ, धनकुटा घर भएकी सरू परियार, मोरङ घर भएकी २६ वर्षीया बिमला लिम्बु, सुनसरी घर भएका २६ वर्षीय युसुब शेख र मोरङ घर भएका ४० वर्षीय जोजो लामा रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३ मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१० बस्ने ३२ वर्षीय गोपाल जोगी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कोशी गाउँपालिका-१ भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३३ वर्षीय सुनिल चौधरी, धरान उपमहानगरपालिका-१७ बस्ने ३२ वर्षीय धनजित राई र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका-१२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३ बस्ने २१ वर्षीय पवन सिटौला र मिक्लाजुङ गाउँपालिका-७ बस्ने २६ वर्षीय अभिषेक थापा रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ सन्ताउन्नबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय १५ एम्पुल, बुप्रेनोर्फिन ४ सय १५ एम्पुल र प्रोमेथाजाइन ४ सय १५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोपी लोनियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ बनस्पती घर भएकी २२ वर्षीया निर्मला मोक्तान समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले निर्मलाको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सौगात खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सर्लाही, बाग्मती नगरपालिका-२ धरहरा बस्ने ३० वर्षीय पवन लामाको घरबाट नियन्त्रित लागूऔषध स्पास्मो १० ट्याब्लेट र स्पारेष्ट ६ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्मती नगरपालिका-२ डुम्री टोल बस्ने ३१ वर्षाया अर्जुन सिङ्तान र मकवानपुर मनहरी गाउँपालिका-६ पर्ता टोल बस्ने २० वर्षीया एलिना तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ । प्रहरी हाल फरार पवनको खोजी गरिरहेको छ । 

दाङ, घोराही उपमहानगरपालिका-१५ स्थित कोशेली खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २७ हजार ७ सय ५ रूपैयाँ सहित खाजा घरका संचालक रोल्पा रून्टिगढी गाउँपालिका-१ घर भएकी ५० वर्षीया मिना घर्ती समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

इलाम, माई नगरपालिका-४ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २४ वर्षीय पदम बुढा क्षेत्री, २४ वर्षीय प्रकाश अधिकारी र सूर्योदय नगरपालिका-१ बस्ने ३० वर्षीय हिरण शंकर रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले बिर्तामोडबाट दानाबारीतर्फ आउँदै गरेको मे.११ प ८५३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०४-२७

सुनसरी, इनरूवा नगरपालिका-३ देवकोटा स्कुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.२५ प ९४७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, माडी नगरपालिका-३ स्थित वर्कसपबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६५ ट्याब्लेट र स्पास्मो ३३ ट्याब्लेट सहित पर्सा ठोरी गाउँपालिका-१ बस्ने २३ वर्षीय करण कुँवर समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की,  पोखरा महानगरपालिका-१० सृष्टी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २२ ग्राम ४ सय मिलिग्राम सहित गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ३३ वर्षीय नरेश गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको  हो ।  यसैगरी कास्की पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने बारा निजगढ नगरपालिका-५ घर भएका ४३ वर्षीय राम प्रसाद आचार्यलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम र नगद १ लाख ५५ हजार रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको     छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
२०८३-०४-२७

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २२ वर्षीय सुशिल नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ दिपज्योती पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित काठमाडौं लोलाङ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ घर भएका ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-८ पशुपति पार्किङ नजिकबाट अवैध लागूऔषध गाँजा ३ सय ग्राम सहित सोही महानगरपालिका-७ चावहिल बस्ने कास्की घर भएका २२ वर्षीय सन्दिप परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १८ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लुधियाना पञ्जाव घर भएका २६ वर्षीय रवि कुमार र ३६ वर्षीय सञ्जीव कुमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचर समेतबाट खटिएको प्रहरीले क्याथे प्यासेफिक एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित काठमाडौं तार्केश्वर शेषमती बस्ने दोलखा बैतेश्वर गाउँपालिका-१ घर भएका २६ वर्षीय सुजन तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१७ लबिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय मिलिग्राम सहित  सोही उपमहानगरपालिका-२ बस्ने २९ वर्षीया भावना गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-८ डेरा गरी बस्ने भारत घर भएका ३२ वर्षीय अवदेश सिंह समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने १९ वर्षीय राम बाबु चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.१२ प ७९६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१९ हरियालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने ३३ वर्षीय अमृत लिम्बु समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय समिर कुमर र मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका ३१ वर्षीय सुरज कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१४ बस्ने ३५ वर्षीय शंकर तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट सहित सर्लाही गोडैता नगरपालिका-४ बस्ने २५ वर्षीय सत्रुधन यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख ३३०० नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धनकुटा, शहिदभूमी गाउँपालिका-२ कामीटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्‍रेष्ट १ सय ५० ट्याब्लेट सहित सोही ठाउँ ३१ वर्षीय रबिन्द्र राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ राजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३९ मिलिग्राम सहित सोही नगरपालिका-३ गोलेचोक बस्ने २४ वर्षीय अभिषेक तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-२ बस्ने २९ वर्षीय सन्तोष थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ७० मिलिग्राम, नगद १४ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने ४० वर्षीया चन्द्रकला बिटालु समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने बर्दगोरिया गाउँपालिका-२ घर भएकी २० वर्षीया मनिषा चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने जोशीपुर गाउँपालिका-२ घर भएका २८ वर्षीय रामलाल डगौरा र सोही उपमहानगरपालिका-७ बस्ने २३ वर्षीय अनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरीले रामलालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से. ३ प ६२३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १९ ग्राम ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५७ वर्षीय धन सिंह कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धन सिंहले संचालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०४-२६

काठमाडौं महानगरपालिका-२४ सानो पशुपतिबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ७० ट्याब्लेट, बुप्रेनोर्फिन १४ एम्पुल, फेनारगन ९ एम्पुल, डाइजेपाम १७ एम्पुल र नगद १ लाख ९८ हजार ७५ रूपैयाँ सहित बारा निजगढ नगरपालिका-६ घर भएका ४५ वर्षीय दिनेश कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने दोलखा मेलुङ गाउँपालिका-२ घर भएका २७ वर्षीय सन्तोष न्यौपाने र काठमाडौं कालिमाटी बस्ने झापा कचनकवल गाउँपालिका-५ घर भएका ३० वर्षीय धन बहादुर कटुवाल रहेका छन् । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-४ कर्रा बस्ने २० वर्षीया तनिशा श्रेष्ठ, २४ वर्षीय अनिष चौलागाई र चितवन घर भएका १९ वर्षीय लोमस फुयाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कस्थित जुम्ला कर्णाली हमाल खाजा घर एण्ड लजबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ९८ ग्राम सहित खाजा घरकी संचालिका जुम्ला घर भएकी ५८ वर्षीया मैनकला शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा प्रेसर कुकुर भित्र प्लाष्टिकका ६८ वटा पोकामा रहेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-८ बफही टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय निरज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले प्रदेश २-०२-००५ प १३२४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ वेलि हनुमान मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले से.३ प ३८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, निजगढ नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेट सहित सोही  नगरपालिका-२ बस्ने २३ वर्षीय सन्देश श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिंगोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-४ उद्योग बाणिज्य संघ नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ डेरा गरी बस्ने बैतडी दोगडाकेदार गाउँपालिका-५ घर भएका २० वर्षीय अशोक बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दोलखा, भिमेश्वर नगरपालिका-२ गोलेटोल बस्ने बिगु गाउँपालिका-६ घर भएका ६० वर्षीय बिमा थामीलाई अवैध लागूऔषध गाँजा १ किलो ८ सय ७६ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०४-२६

सर्लाही, लालबन्दी नगरपालिका-१२ बाट अवैध लागूऔषध गाँजा करिब १२ किलो ७ सय ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-२ लालभिति बस्ने ५० वर्षीय सानु परियार, उनकै श्रीमती ३५ वर्षीया सबिना परिया र लालबन्दी नगरपालिका-१४ बस्ने ४० वर्षीया ज्ञानु माया योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३५ वर्षीय नरेन्द्र भुजेललाई नियन्त्रित लागूऔषध फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल र डाइजेपाम ३३ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-५ भैरब टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले शंकरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०४-२५

ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय १० ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल ५ थान सहित सोही महानगरपालिका-१ बस्ने २९ वर्षीय प्रज्वल केसीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रौतहट, गौर नगरपालिका-३ स्थित काजल स्टील रेलिङ नामक खाजा घरबाट अवैध लागूऔषध गाँजा ७ सय ग्राम सहित खाजा घरका संचालक सोही नगरोपालिका-६ बस्ने ३४ वर्षीय शुभ नारायण साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१४ कृष्णा प्रणामी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ७० मिलिग्राम सहित भारत मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत-१ बस्ने २५ वर्षीय शत्रुधन पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज, जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-२ देउरीया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित लेटाङ नगरपालिका-३ बस्ने ३८ वर्षीय टंक प्रसाद राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ९९१६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने ३२ वर्षीय प्रेम बहादुर नेपाली समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ७९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ सरदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-४ कन्चनपुर बस्ने २२ वर्षीय अमित डगौरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका-१२ खल्ला सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने राजेश बिष्टको साथबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले राजेश बिष्टलाई सु.प.प्र.०१-०१४ प ४९७० नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । साथै प्रहरीले उक्त मोटरसाइकलमा सवार १ जनालाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९३ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने मोरङ बिराटनगर महानगरपालिका-६ घर भएका ३० वर्षीय संजिव सहनीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोल बस्ने ४२ वर्षीय बिरेन्द्र बैठालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ४४ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-६ विष्णुपुराबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल सहित सोही गाउँपालिका-६ बस्ने ४७ वर्षीय दिनेश मर्णा गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रिप्रहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-२ पशुपति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय संजिप पौडेल र मोरङ घर भएका ३२ वर्षीय सुमन कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ४८३७ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा सिटिमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।