अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०४-०४
- A
- A-
- A+
मोरङ, उर्लाबारी नगरपालिका-२ केर्खाली चोक बस्ने २० वर्षीय नविन पुरी समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रमाडोल ६ सय ४४ क्याप्सुल र स्पास्पेन ७ सय २० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको संयुक्त टोलीले नविन पुरीको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मकवानपुर, भिमफेदी गाउँपालिका-२ गुम्बाडाडास्थित सडकमा ना.२ ह ४४० नम्बरको अटोबाट करिब ३ सय ३५ केजी ३ सय ८१ ग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । बिषेश सूचनाको आधारमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटो जाँच गर्दा १२ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।