प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोली लगायतका सामान सहित दुई जना पक्राउ

२०७९-०८-०६

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायादेवी गाउँपालिका-६ रजवापुर बस्ने ३४ वर्षीय जुल्फकार मुसलमान र उनकै भाई २२ वर्षीय नदिम मुसलमानलाई मेड इन युएएस लेखिएको पेस्तोल १ थान, सोको म्यागजिन १ थान, गोली ६ राउण्ड, नगद १ लाख ४६ हजार रुपैयाँ, ३ हजार ६ सय भारतीय रुपैयाँ, तौल गर्ने डिजिटल मेशिन १ थान, स्मार्टफोन १२ थान र ब्राउनसुगर जस्तो धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरूले आफ्नै घरको कोठाभित्र लुकाई राखेको उक्त हतियार लगायतका सामान सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।