अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-१८
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-२९ भण्डारीढिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३० ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-९ नयाँबजार बस्ने २२ वर्षीय मिसन गुरुङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले ग.१५ प ५६४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।