नेपाली सेनाका तालिमरत शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०७९-०२-२४
- A
- A-
- A+
काठमाडौं, नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत “ सि.सं ६९ सैनिक प्रहरी (महिला मात्र) तालिम” का ४६ जना शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण मंगलबार सम्पन्न भएको छ ।
भम्रणको क्रममा शिक्षार्थीहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब समेतको अवलोकन गर्नुभयो ।
अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोका प्राविधिक प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले साईबर ब्यूरोको काम कर्तव्य र अधिकार, रणनीतिहरू, अपराधका प्रकृति, सजाय सम्बन्धी परिचयात्मक प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले भ्रमणबारे जानकारी गराउनुभएको उक्त कार्यक्रममा उपसेनानी पूजा थापाले भ्रमणमा सहभागी तालिमरत शिक्षार्थीहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।