प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

२०७९-०४-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ३ सय रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार