ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८३-०१-०४
- A
- A-
- A+
काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने सिन्धुपाल्लोक घर भएका ६० वर्षीय पालसङ तामाङ र काठमाडौं मुलपानी बस्ने सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय पदम लाल श्रेष्ठ रहेका छन् ।
अमेरिकन डलर देखाई सस्तो दरमा सट्टा गरिदिने भनि प्रलोभनमा पारी पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-४ चाँगुनारायण मन्दिर नजिक जंगलमा नगद १० लाख रूपैयाँ लिएर आउन भनि सम्पर्क गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई चाँगुनारायण नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।