अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-११-०७
- A
- A-
- A+
कैलाली, टीकापुर नगरपालिका-९ मोहना नदीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम सहित जानकी गाउँपालिका-३ लायकपुर शिविर बस्ने २५ वर्षीय उमेश साउद समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय सन्तोष बिकलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ फुलबारी टोल बस्ने २१ वर्षीय प्रकाश तामाङ समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ कानेपोखरी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट र स्पास्पेन १६ ट्याब्लेट, सहित सोही गाउँपालिका-७ पच्चिस बिघे बस्ने २५ वर्षीय अमर लिम्बुलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, लहान नगरपालिका-१० ग्रामिण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सुखिपुर नगरपालिका-८ घर भएकी २१ वर्षीया पिरती कुमारी चौधरी समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको प्र.२-०१-००१ प ४४०९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-१८ सौर्यखोलाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २ सय ३६ एम्पुल, डाइजेपाम २ सय ३५ एम्पुल र फेनारगन २ सय ३५ एम्पुल सहित सोही ठाउँ बस्ने ४१ वर्षीया दिपा भन्ने कुलमाया पाइजा समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ग. प्र.०१-००१ प ५९१८ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७ ट्याब्लेट र ट्रामाडोल ३२ ट्याब्लेट सहित अछाम पन्चदेवल नगरपालिका-१ बस्ने ३१ वर्षीय जिवन बटाला समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ सोलामारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बनस्पती बस्ने ३८ वर्षीय निर बहादुर भोलन समेत २ जनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पदमपोखरी समेतबाट खटिएको बा. प्र.०३-००५ प २४१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।