प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२०८०-०६-२३

  • A
  • A-
  • A+
Share

सुनसरी, इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
विदेशी मुद्रा सहित नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीहरू पक्राउ
२०८३-०५-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट विदेशी मुद्रा सहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ गेंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा, गोरखा नगरपालिका-३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा जननीको साथबाट अमेरिकी डलर ४ हजार ३ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय ७२ तथा ममताको साथबाट अमेरिकी डलर ४ हजार २ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय २८ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८३-०५-०१

जाजरकोट, भेरी नगरपालिका-११ जगतिपुरस्थित औषधि पसल गरी बस्ने दैलेख नारायण नगरपालिका-२ घर भएका ३२ वर्षीय दिपक कुमार थापाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भेरी नगरपालिका-८ बस्ने ३३ वर्षीय बिरेन्द्र खत्री, सोही नगरपालिका-९ बस्ने २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन् ।  भेरी नगरपालिका-१० नुवागाउँमा बिरेन्द्र समेतका व्यक्तिहरूले साउन २५ गते राति कुटपिट गर्दा गम्भीर घाइते भएका दिपकको नेपालगंज केयर सिटी अस्पतालमा उपचारको क्रममा साउन २८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको   हो ।  उनीहरू उपर जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न सात जना पक्राउ
२०८३-०४-३०

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ७ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बस्ने ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका-५ फापरबारी बस्ने २० वर्षीय निशान रूम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका-४ बस्ने २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका-५ बस्ने २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका-२ बस्ने २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका-३ बस्ने २२ वर्षीय प्रदिप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका-८ बस्ने २३ वर्षीय देव कुमार श्रेष्ठ रहेका   छन् ।   काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने झापा घर भएका पीडितलाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी, बन्धक बनाई कुटपिट समेत गरी पीडितको परिवारसँग १८ लाख रूपैयाँ फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको उद्दार समेत गरेको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-३०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी बस्ने पर्वत महाशिला गाउँपालिका-५ घर भएका ४० वर्षीय तुल प्रसाद अधिकारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८० माघ २ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद सजाय र १४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०४-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने सिराहा घर भएका ४३ वर्षीय हर्ष नारायण चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने म्याग्दी घर भएका ४१ वर्षीय पदम बहादुर खड्का क्षेत्री र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने सप्तरी घर भएका ४८ वर्षीय शिव नारायण चौधरी रहेका छन् । पक्राउ मध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २२ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हर्षलाई काठमाडौं महानगरपालिका-१६ बाट र पदमलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा शिवलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

चाँदीका विभिन्न गरगहना तथा तयारी सामानहरू सहित दुई जना पक्राउ
२०८३-०४-३०

काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट बिल बिजक नभएका करिब ४७ लाख रूपैयाँ बराबरको ११ किलो ६ सय ८२ ग्राम तौलको चाँदीको जस्तो देखिने विभिन्न गरगहना तथा तयारी सामानहरू सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-६ बस्ने ३६ वर्षीय पदम बहादुर विक र उर्लाबारी नगरपालिका-६ बस्ने ४४ वर्षीय खगेन्द्र गजमेर रहेका छन् । अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङबाट खटिएको प्रहरीले को.१ च ८६६२ नम्बरको सुमो जाँच गर्दा उक्त गरगहना तथा सामानहरू फेला पारी चालक पदम र सुमोमा सवार खगेन्द्रलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरण पठाइएको छ ।