जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०८-०७
- A
- A-
- A+
सुनसरी, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी देवानगंज गाउँपालिका-१ बस्ने ३० वर्षीय भरतलाल मेहतालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीबाट २०८१ असार ३० गते उक्त मुद्दामा १० वर्ष कैद सजाय ठहर भई झुम्का कारागार सुनसरीमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा कारागारबाट भागी फरार रहेका उनलाई अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरीले रामधुनी नगरपालिका-५ शिव चोकबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।