प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित चार जना पक्राउ

२०८०-११-१४

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-१३ एमएम प्लाष्टिक उद्योग छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ४४ मिलिग्रामसहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेश सिंह ठकुरी, सोही महानगरपालिका-१७ बस्ने १९ वर्षीय शिवम थापा मगर र सोही महानगरपालिका-१५ बस्ने २० वर्षीय सेजन राई रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले प्रदेश १-००१ ह १७८३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा सफारीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

धनकुटा, पाख्रीवास नगरपालिका-४ कट्टेलडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ६ सय ग्रामसहित सोही नगरपालिका-३ बस्ने २४ वर्षीय अनिल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०७-२१

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित खजुरा गाउँपालिका-५ रजनवा बस्ने २७ वर्षीय ननकउ कन्दुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र बिओपि फुटाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-५ बस्ने २२ वर्षीय युसन बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित शिवसताक्षी नगरपालिका-१ बस्ने २७ वर्षीय पुकार तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दार्चुला, मार्मा गाउँपालिका-३ बिटुले बस्ने ३० वर्षीय लोकेन्द्र महरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो २ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनको घर र पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०७-२०

झापा, दमक नगरपालिका-६ पूर्व बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ४२ वर्षीय राजेन्द्र राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।पाँचथर, फिदिम नगरपालिका-४ गढीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० मिलिग्राम सहित फालेलुङ गाउँपालिका-८ बस्ने २० वर्षीय वारुहाङ केरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
२०८१-०७-२०

सर्लाही, इश्वरपुर नगरपालिका-१२ स्थित बगुवा खोलाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित   हरिवन नगरपालिका-१ बस्ने २० वर्षीय पालदेन योन्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी ‍पोष्ट कालिन्जोर घारिबथानबाट खटिएको प्रहरीले बा.प्र.०२-०२४ प २७६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-१ आम्बासास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम सहित सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय लोकेन्द्र राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले को.३८ प १८५ नम्बरको मोटरसाइकलका चालक राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८१-०७-१९

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने ३० वर्षीय अर्जुन कुमार र २८ वर्षीय सागराम थारू रहेका छन् । प्रहरी चौकी जमुनी बर्दिया र बिओपि फुटाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अर्जुनलाई ३ सय १० मिलिग्राम र सागरामलाई ३ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०७-१६

कञ्चनपुर, बेलौरी नगरपालिका-९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज भट्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी  प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.४ ख ४१०१ नम्बरको बसलाई  जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-५ हलचोक चौतारा नजिक डेरा गरी बस्ने धादिङ सिरानचोक गाउँपालिका-४ घर भएकी ३७ वर्षीया चमेली ग्याल्वा तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-२ भानु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-५ सतिसाले बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बरगाछीबाट भानुचोकतर्फ आउँदै गरेको बा.८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुँवर, २३ वर्षीय दमन ढुंगाना, २१ वर्षीय सचिन भण्डारी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय निराजन रावल रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०७-१५

बाँके, डुडुवा गाउँपालिका-५ कम्दी बस्ने ३२ वर्षीय रामचन्द्र बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टी कम्दीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चाँदनी खाजा घर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख दुल्लु नगरपालिका-५ बस्ने १९ वर्षीय गणेश नेपाली र  भारत बहराइच थाना रूपैडिया बस्ने २७ वर्षीय सिरताज घोसी रहेका छन् ।  इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सन्ध्या होटल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही उपमहानगरपालिका-१५ मिलनचोक बस्ने २९ वर्षीय बलराज घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२ ह १६०९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक घिमिरेलाई पक्राउ गरेको हो ।  अछाम, साँफेबगर नगरपालिका-३  टोटासाल बस्ने ५८ वर्षीय पुरन कुँवरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनले संचालन गरेको मिलन किराना पसलबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।