अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-०७
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो पदार्थ १ सय ग्राम र गाँजा ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय अजय माझी लगायत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
अर्घाखाँची, शितगंगा नगरपालिका-९ भक्कुचोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५ सय १० मिलिग्राम सहित कपिलबस्तु विजयनगर गाउँपालिका-१ बस्ने २७ वर्षीय भगवान दास नाउ लगायत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सातमाराबाट खटिएको प्रहरीले लु.४ प २२ ३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, धनुषाधाम नगरपालिका-३ स्थितबाट नियन्त्रित लागूऔषध १३ पिस नाइट्राभेट र गाँजा करिब ३ सय ५५ ग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय अर्जुन महतो लगायत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले प्रदेश २-०२-००५ प ९४२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।