प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाईन सट्टेवाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिक पक्राउ

२०७९-०८-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भारतमा दर्ता रहेका बिभिन्न अनलाईन साईटहरुमार्फत व्यावसायिक रुपमा अनलाईन सट्टेबाजी (जुवा) खेलि/खेलाइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा व्यावसायिक रुपमा सट्टेबाजी (जुवा) मा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जुवा ऐन अन्तर्गत कारवाहीको लागि अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ
२०८२-०३-२३

कास्की, पोखरा महानगरपालिका-१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।