अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०१-०८
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ हेम्पाडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ सय १४ एम्पुल, फेनारगन ५ सय ३२ एम्पुल, नोर्फिन ९ सय ४० एम्पुल र नगद ६८ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भएका २३ वर्षीय मिङमार बम्जन र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध फेनारगन ४० एम्पुल, ब्रुप्रेनोर्फिन ४७ एम्पुल र डाईजेपाम ३८ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर बस्ने अर्घाखाँची घर भएका ३० वर्षीय अजय परियार र ३० वर्षीय निश्चल मानन्धर रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.७० प ७६१२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२९ बाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नोर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुल सहित सोही महानगरपालिका-२९ मैतीदेवी बस्ने ३५ वर्षीय बिक्की लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका-१ हटिया डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ सोनापुर बस्ने २१ वर्षीय मो. आविद मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडि ५३९० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-९ च्यानडाँडाबाट अवैध लागूऔषध गाँजा १७ किलो ५ सय ४६ ग्राम सहित राक्सिराङ गाउँपालिका-२ बस्ने २३ वर्षीय सुबास मोक्तानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भावरबाट खरंगातर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ७०८० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-६ क्लब चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६४ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ७ सय ५० ग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय सुजित पाख्रिन र ३७ वर्षीय सुमन पाख्रिन रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र ट्रामाडोल ६० ट्याब्लेट सहित सल्यान शारदा नगरपालिका-७ बस्ने २३ वर्षीय भुवन रेउलेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित शान्तिनगर गाउँपालिका-५ बस्ने २९ वर्षीय उद्धव शाहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फक्राउ गरेको हो ।
तनहुँ, ब्यास नगरपालिका-४ चुरेखोल्सीबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, बुप्रेनोर्फिन १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित ब्यास नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले ग.१० प १६१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ जोरसखुवा पुण्य मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार १ सय ट्याब्लेट र स्पास्पेन १४ हजार ५० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय राहुल आचार्य र सोही उपमहानगरपालिका-११ गोदावरी चोक बस्ने १९ वर्षीय रोहित रिजाल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने ३५ वर्षीय निश्चल बस्नेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.८ प ६३८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।