अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०७-०७
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ५२७६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ११ एम्पुल, फेनारगन १३ एम्पुल र डाईजेपाम १४ एम्पुल सहित सोही ठाउँ बस्ने २० वर्षीय अनिल कुमार हरिजनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपीचारबाट अवैध लागूऔषध गाँजा ८७ ग्राम ९ सय ७० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने २८ वर्षीय सुरज लामिछाने र ललितपुर, ललितपुर महानगरपालिका-३ बस्ने ३३ वर्षीय आस्तिक सेरचन रहेका छन् । अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले पश्चिम रूकुमबाट पूर्वी रूकुमकोटतर्फ आउँदै गरेको बा.३७ प ८४४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ जोकवारबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ७७ ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका-४ बरमपुरवा बस्ने ४५ वर्षीय दान बहादुर हरिजनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४२ ग्राम ७ सय २० मिलिग्राम सहित तनहुँ म्याग्दे गाउँपालिका-२ बस्ने २४ वर्षीय अमित दर्जी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।