अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-२७
- A
- A-
- A+
दाङ, गडवा गाउँपालिका-६ गडवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ करिब ३० ग्राम र गाँजा करिब ५० ग्राम सहित लमही नगरपालिका-५ अनर्वा बस्ने १८ वर्षीय किशोर लगायत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको भे.१ ह १६४० नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-८ रेल्वे रोडबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु ९ केजी ५ सय ग्राम सहित सोही महानगरपालिका-१६ बस्ने १९ वर्षीय करण राय लगायत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।