अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०३-१५
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-२० ओशोपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १६ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीय डिल्लीराम भन्ने सुजन थापा र मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बस्ने २२ वर्षीय सुजित थापा रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ घोपा क्याप अगाडिबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१८ बस्ने ३४ वर्षीय दिलिप चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१ डेरा गरी बस्ने ओखलढुङ्गा घर भएका ३२ वर्षीय मनोज काफ्ले समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नगद २ लाख १० हजार ४ सय ३५ रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले मनोजको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-४ मुनालचोक डेरा गरी बस्ने भारत पंजाव लुबियाना खानाकुण्ड कला भालुवाचोक किरात बस्ने ३३ वर्षीय दिनेश कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो २ सय ३६ ग्राम सहित सोही नगरपालिका-२ बस्ने ३८ वर्षीय धर्म धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध ओपीडोल ४ सय ९० ट्याब्लेट र स्पास्पेन ४ सय ९० ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ श्रीपुर बस्ने २१ वर्षीय दिपक राज पोखरेल र २५ वर्षीय पुरन मगर रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले स.२ प ७८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २० वर्षीय बिकुल राई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले बिकुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-९ बस्ने २६ वर्षीय सरोज कुमार थारू र ३० वर्षीय सुबास चौधरी रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले लु.प्र ०१-०१३ प ९६०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-६ ओकुबाहलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सुर्खेत घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले प्र.३ ०२-००६ प ५७०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपिका-६ न्हेफ: गल्ली डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-१० घर भएका २२ वर्षीय दोर्जे भन्ने साहिल लामालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट र नाइट्राजेपाम २ सय ८० ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुमन लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-६ पंधेरोबाट सोही महानगरपालिका-३३ बागमारा घर भएका २७ वर्षीय निशान बोलखे समेत ३ जनालाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले निशानको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-७ लुम्फाजुङबाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशेष राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाबजारबाट खटिएको प्रहरीले डाँडाबजारबाट ओख्रेतर्फ जाँदै गरेको बा.६४ प १४३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-१२ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र अवैध लागूऔषध गाँजा ५५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राज थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-६ ऐटपुर बस्ने २५ वर्षीय सुनिल राम लुहारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रम ३ सय ४० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।