अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०५-०१
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब ७२ किलोग्राम सहित ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३० वर्षीय रूपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, इटहरी उपमहानगरपालिका-१० बस्ने धनकुटा सहिदभुमी गाउँपालिका-३ घर भएका ३४ वर्षीय प्रदिप राई र धरान उपमहानगरपालिका-१३ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।