स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०७-०२
- A
- A-
- A+
धनुषा, २ कात्तिक
सबैला नगरपालिका-१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित सुनसरी जिल्ला ईनरूवा नगरपालिका-२ बस्ने २७ वर्षीय बजरंग प्रसाद गुप्ता समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१-०२-०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।