नेपाल प्रहरीको महिला फुटबल टिमको विजयी सुरूवात
२०७९-०६-२७
- A
- A-
- A+
स्याङजा, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत बिहीबार भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ ।
स्याङजाको वालिङमा भएको उक्त खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि निरु थापाले २ गोल र रेखा पौडेलले ३ गोल गरेका थिए ।
तीन समूहमा विभाजित महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरीको महिला फुटबल टिम समूह ‘ए’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब, बागमती प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले समूह चरणको अन्तिम खेल लुम्बिनी प्रदेशसँग असोज ३० गते खेल्ने छ ।