प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लिखत सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ

२०८३-०२-१९

  • A
  • A-
  • A+
Share

पर्सा, लिखत सम्बन्धी कसुर मुद्दाका प्रतिवादी वीरगंज महानगरपालिका-३ बस्ने ५६ वर्षीय राजेशमान सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई ठोरी गाउँपालिका-३ स्थित ठोरी रिसोर्टबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०२-१९

ललितपुर, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१० घर भएका २१ वर्षीय अमन परियार, काठमाडौं थापाथली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका १७ वर्षीय किशोर र महोत्तरी जलेश्वर नगरपालिका-१ घर भएका २१ वर्षीय रन्जन कापर रहेका छन् ।  ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित गणेश मन्दिर नजिकको घरबाट ल्यापटप र नगद गत बिहीबार चोरी भएको भन्ने सूचनाको आधारामा प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरी भएको २ थान ल्यापटप सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८३-०२-१९

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दा सहित सुनसरी गढी गाउँपालिका-१ घर भएका ५० वर्षीय कमल नारायण विश्‍वासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली ११ लाख रूपैयाँ, अमेरिकी डलर १४ हजार ८ सय ५०, जापानिज येन ४१ हजार, स्विस फ्रैङ्क १ हजार, मलेसियन रिङ्गिट २३ हजार ६ सय ३२, श्रीलङ्कन रूपी ७ हजार ७ सय ७०, पाकिस्तानी रूपी ३ हजार ५ सय ४० र ओमानी रियाल २ हजार ९ सय ७० फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

डाँका चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०२-१९

काभ्रे, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भुम्लु गाउँपालिका-३ बस्ने २३ वर्षीय सुमन क्षेत्री, २६ वर्षीय सादुराम भुजेल र रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-५ बस्ने २१ वर्षीय पासाङ लामा रहेका छन् । बनेपा नगरपालिका-१० पुलबजारस्थित अरनिको राजमार्गमा काठमाडौंबाट पनौती आउने बसमा सवार पीडितको झोलाबाट नगद ३२ हजार ५ सय रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न मध्ये उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर ‘डाँका गर्न नहुने’ मुद्दामा जिल्ला अदालत काभ्रेबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको सुन तथा चाँदीका गरगहना र नगद सहित एक जना पक्राउ
२०८३-०२-१९

सुर्खेत, करिब ३ करोड रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना, स्रोत नखुलेको नेपाली २ लाख १९ हजार ५ सय रूपैयाँ र भारतीय ८ लाख ११ हजार ८ सय रूपैयाँ सहित वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-१० घर भएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रूपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद दिने गरेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध गतिविधिमा संलग्न १५ जना बंगलादेशी नागरिकहरू पक्राउ
२०८३-०२-१८

काठमाडौं, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने २५ वर्षीय MD MAJIDUL ISLAM REDOY समेत १५ जना बंगलादेशी नागरिकहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं ठमेल एरियामा बंगलादेशी लगायतका विदेशी नागरिकहरूले भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित होटल ACE को चौथो, पाँचौ, छैटौ तल्लाका कोठाहरू भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको खुल्न आएको छ ।  उनीहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ ।