अवैध लागूऔषध सहित पक्राउ
२०७९-०७-१२
- A
- A-
- A+
नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र नुर्फिन ३० एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-३ न्यूरोड बस्ने ३८ वर्षीय पूर्ण मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना.७ ख २२७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, गुजरा नगरपालिका-१ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ट्याब्लेट सहित सोही नगरपालिका-५ लक्ष्मीपुर बस्ने १९ वर्षीय नाफिस आलमलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रंगपुर र ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पाल्पा, बगनासकाली गाउँपालिका-३ आर्यभन्ज्याङबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित तानसेन नगरपालिका-१ बस्ने २३ वर्षीय बिष्णु केसी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।