अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-०७-०२
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१७ स्थित ढल्को चोकबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भई काठमाडौं ढल्को बस्ने ३७ वर्षीय नविन गोयल र कपिलबस्तु कृष्णनगर घर भई ललितपुर नख्खु भैंसेपाटी बस्ने ४५ वर्षीय उमेश महेश्वरी रहेका छन् ।
काठमाडौं महानगरपालिका-१७ ढल्को चोकमा बिभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश विपरीत हुने गरी बित्तिय कारोवार(हुण्डी) गर्दै आएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुससन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उनीहरूलाई हुण्डी कारोबार गर्ने प्रयोजनार्थ संकलित नगद ४१ लाख ९६ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।