प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल तथा नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७९-०३-०१

  • A
  • A-
  • A+
Share

सुनसरी, बराहाक्षेत्र नगरपालिका-३  बस्ने १९ वर्षीय रोहित राईलाई १ थान कटुवा पेस्तोल, १ थान खोका, नियन्त्रित लागूऔषध १० थान डाईजापाम, १० ट्याब्लेट नाईट्रोजन, ३ हजार ३७५ पिस ट्रामाडोल र १ थान साइककल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ ।

कोशी गाउँपालिका-२ झाङ्गर टोलस्थित घरको बरण्डाको बाहिर रहेको खाटमा अपरिचित मान्छे सुतिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले रोहितलाई फेला पारी निजले प्रयोग गरेको साईकलबाट उक्त पेस्तोल तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।