प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

२०८३-०३-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित बोहोरा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१५ घर भएका ३० वर्षीय प्रदिप केसी, २६ वर्षीय ललित केसी र सोही उपमहानगरपालिका-१४ घर भएका २९ वर्षीय रविन चौधरी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ बालकुमारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-५ घर भएका २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका-३ घर भएका २० वर्षीय निरज कुमार मण्डल र पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी भाग्न खोज्दा प्रहरीले  गोली प्रहार गर्दा किशोर प्रसाद घाइते भएका थिए । घाइते भएका किशोर प्रसादको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बाँके, खजुरा गाउँपालिका-५ उढरापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय ९० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही गाउँपालिका-५ उढरापुर बस्ने ३१ वर्षीय मुजमिल खाँ लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ बस्ने ३२ वर्षीय राम प्रकाश थारू र ३३ वर्षीय करण थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि लागूऔषध खरिद गर्न आएका अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-३ देउरालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८५ ट्याब्लेट र स्पास्मो २ सय ८५ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ मकम डाँडा बस्ने २६ वर्षीय जाल कुमार राई र ३० वर्षीय किलर भन्ने नेत्रमन राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ३८१८ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक जाल कुमार र अटोमा सवार नेत्रमनलाई पक्राउ गरेको हो । 

यसैगरी उदयपुर, कटारी नगरपालिका-४ कान्छिबजारबाट नियन्त्रित लागूऔषध टापेन्डाडोल ५६ ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय कृष्ण गोले तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

अछाम, मंगलसेन नगरपालिका-८ ग्यानेगैडी बस्ने ५७ वर्षीय भैरव प्रसाद भाटलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

धनकुटा, धनकुटा नगरपालिका-१० पात्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी देवानगन्ज नगरपालिका-५ साहेबगन्ज बस्ने २६ वर्षीय पप्पु भन्ने सनि कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-१५ निम्बुखेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने समिर नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुनसरी, कोशी गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय एमिल राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ नारायणी महलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ९ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१ पानसुके चोक डेरा गरी बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ हेटौंडा क्याम्पस नजिक डेरा गरी बस्ने भारत घर भएका ४६ वर्षीय रामजी बानियाँ सँग उक्त लागूऔषध खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात रामजीको कोठा तलासी गर्दा १२ ग्राम ३ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद १२ हजार ६ सय रूपैयाँ फेला पारी रामजीलाई समेत प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको लागि रामजीको श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ मयुरधाप घर भएकी २४ वर्षीया अंजलि तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिन्धुली, दुधौली नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय प्रमोद साह र सोही नगरपालिका-९ बस्ने २० वर्षीय उमेश रूचाल रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले स.७ प ७३६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

इलाम, इलाम नगरपालिका-९ भन्ज्याङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय नेम्बाङ लिम्बु र सन्दकपुर गाउँपालिका-२ माईमझुवा बस्ने २१ वर्षीय सुदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलाम समेतबाट खटिएको प्रहरीले  मे.९ प ८८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङ, रंगेली नगरपालिका-५ भेडुबाथानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ५ सय ट्याब्लेट सहित भारत विहार अररिया सिक्टी थाना आँपगाछी पञ्चायत लेटी गाउँ १४ बस्ने २५ वर्षीय अभिषेक कुमार मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ ए एच ८७९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय तबरेज मन्सुर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३४ प ९९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०५-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलो २ सय ३८ ग्राम सहित म्यान्मारका २ जना नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्यान्मार यांगौन घर भएकी २७ वर्षीया AYE THIDA AUNG र २९ वर्षीया NAY THU REIN रहेका छन् । नेपाल एयरलाइनसको उडानद्वारा थाइल्याण्डबाट काठमाडौं आएका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटी पाल्पाकोट बस्ने मकवानपुर घर भएका १९ वर्षीय राकेश मोक्तानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र नगद ८ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पुरानो बसपार्कबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १० किलो ३ सय ६४ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय २५ ग्राम सहित दाङ राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३४ वर्षीया रतिमा रोका समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० भवनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय अस्कर अली, बर्दिया बढैयाताल गाउँपालिका-४ बस्ने ३६ वर्षीय सदाम हुसेन र ३९ वर्षीया सैजा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेतिया थाना मझौली बस्ने ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन् । प्रहरी चौकी भिष्वा समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एस ५९५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-४ कोशी कटानबाट अवैध लागूऔषध गाँजा ११ किलो १ सय २० ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ घर बताउने २८ वर्षीय चरन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, कचनकवल गाउँपालिका-१ बनियाभिट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-१ बस्ने २४ वर्षीय धिरेन केरूङ, सोही गाउँपालिका मिलडाँडा बस्ने २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ बस्ने ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राई रहेका छन् । प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ स्यालडांगी बस्ने ३४ वर्षीय पदम चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी, अस्थायी प्रहरी चौकी बुट्टाबारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय राकेश बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ३ सय ६७ किलो गाँजा सहित तीन जना पक्राउ
२०८३-०५-०८

उदयपुर, कटारी नगरपालिका-४ मरूवा खोला नजिकबाट अवैध लागूऔषध गाँजा १ सय ९९ किलो ३ सय २० ग्राम सहित कटारी नगरपालिका-४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय सोम मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१० चिप्लेटीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ भिर्कुटीचोक बस्ने मध्यबिन्दु नगरपालिका-७ मिलनचोक घर भएका ५१ वर्षीय दिल्लीराम थारू र चितवन राप्ती नगरपालिका-१ पिप्ले बस्ने ३६ वर्षीय कर्ण बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०५-०७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय प्रेम बहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ४० मिलिग्राम सहित धनगढीमाई नगरपालिका-७ बस्ने २० वर्षीय आशिक महतो समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००५ प २४१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-५ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम र गाँजा ३३ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुमनराज प्रसाई र ३० वर्षीय सिताराम तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रदिप टुडु, २० वर्षीय सचिन दास र सोही नगरपालिका-१० बस्ने २२ वर्षीय संजित राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.३ प २८४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।कपिलवस्तु, शिवराज नगरपालिका-५ सुन्दरटोल बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद ४ हजार ८ सय २० रूपैयाँ सहित गुलरिया नगरपालिका-१ बस्ने २७ वर्षीय भुपेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताराताल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, मलंगवा नगरपालिका-५ भाडसरबाट अवैध लागूऔषध गाँजा ४ सय ९३ ग्राम सहित कौडेना गाउँपालिका-२ ईनर्वा टोल बस्ने २५ वर्षीय अमान मिकरानिलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०५-०६

काठमाडौं, काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने धनुषा हंसपुर नगरपालिका-५ घर भएका ३७ वर्षीय बिनय कुमार मण्डल, काठमाडौं बौद्ध बस्ने शंखरापुर नगरपालिका-२ घर भएका ३८ वर्षीय मनिष शाही र काठमाडौं रामहिटी बस्ने झापा घर भएका ३८ वर्षीय प्रदिप कुमार राई रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      मोरङ, कानेपोखरी गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-७ बस्ने ३१ वर्षीय बिबेक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-८ सुनौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिबेक लिम्बुलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित भद्रपुर नगरपालिका-५ बस्ने २३ वर्षीय अर्जुन राजवंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ शिवगंज बस्ने २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सबैला नगरपालिका-१० मिसारपटि बस्ने १९ वर्षीय राजन यादव र हंसपुर नगरपालिका-९ बस्ने २६ वर्षीय बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । पर्सा, पोखरिया नगरपालिका-५ सत बरिया बस्ने ६५ वर्षीय रामदयाल महरालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोल बस्ने २४ वर्षीय जनक खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवल नगरपालिका-१ प्रगतिटोल बस्ने २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले लु.१९ प ४४२४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, डुडुवा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय ओसिस खाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेतहनिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०५-०५

झापा, हल्दीबारी गाउँपालिका-२ पग्लाबारी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आषिक हेमरमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१९ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-१ बस्ने ३३ वर्षीय धुर्व प्रसाद रिजाल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०५२ प ६४८८ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यसैगरी मोरङ, जहदा गाउँपालिका-६ पोखरीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-३ छिङताङ बस्ने १८ वर्षिय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा.५ च ६७०६ नम्बरको कारमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१८ अधेरीकुना बस्ने ४० वर्षीय अनुप छत्कुलीलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ११ हजार ७ सय ६८ ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल सहित भारत घर भएका २३ वर्षीय भुलन खान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको युपि ५६ बिके ६७६० नम्बरको कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  स्याङ्जा, वालिङ नगरपालिका-१ रामबाच्छा ठाटीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३९ एम्पुल, डाईजेपाम ३८ एम्पुल र फेनारगन ३९ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुवाश काफ्ले क्षेत्री र भीरकोट नगरपालिका-२ बयरघारी बस्ने २६ वर्षीय शहिद मिया रहेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले ग.१८ प ५४९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-७ बज्राहा बस्ने ४३ वर्षीय संजिप भडारी चौधरीलाई अवैध लागूऔषध गाँजा १ किलो ३० ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१ बाट सोही महानगरपालिका-३ बस्ने २१ वर्षीय रिशु रौनियार समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र एनारगन ७५ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।