अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-०३
- A
- A-
- A+
कपिलवस्तु, वाणगंगा नगरपालिका-८ ढोडेकोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया सिता भन्ने सकुन्तला मानन्धर र सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ३४ वर्षीय सन्तोष भन्ने नर बहादुर पुन रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले सकुन्तलाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय २० मिलिग्राम सहित कालिकोट पलाँता गाउँपालिका-८ बस्ने ३० वर्षीय दन्त बहादुर रोकायलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र ०२-००१ ज ०६२४ नम्बरको भ्यानमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित सिराहा लहान नगरपालिका-२२ सिसबनी बस्ने २६ वर्षीय जेनिस चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०७-००१ ख ००१९ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।