प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न ५ जना व्यक्तिहरू पक्राउ

२०८३-०३-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा भारत बिहार बेतिया बस्ने ५ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका-२ बाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई उनीहरूले असार १ गते अपहरण गरी काठमाडौंमा ल्याई होटलमा बन्धक बनाई निज पीडितको परिवारसँग फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ बसपार्कस्थित होटल फेमिलिबाट पक्राउ गरेको हो । साथै पीडितलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।  


सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०३-०५

 काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित ब्लु नोट कफि बारबाट स्रोत नखुलेको नगद २२ लाख रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-६ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-५ घर भएका ४७ वर्षीय तारालाल विश्‍वकर्मा र काठमाडौं महानगरपालिका-१६ बस्ने पर्वत मोदी गाउँपालिका-७ घर भएका ५० वर्षीय होम बहादुर केसी रहेका छन् । उक्त बारमा अभौतिक मुद्रा सम्बन्धी कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-१० झिम पुलबाट स्रोत नखुलेको नगद ३२ लाख रूपैयाँ सहित रामनगर गाउँपालिका-३ बस्ने २८ वर्षीय गुडु कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०५-००१ प ११०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०४

काठमाडौं, अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्‍वर नगरपालिका सुन्दरीजल बस्ने दोलखा गौरीशंकर नगरपालिका-७ घर भएका ३४ वर्षीय भिम बहादुर मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा उक्त मुद्दामा कैद भुक्तान गरी रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-८ गौरीघाटबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।