अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७८-०७-२२
- A
- A-
- A+
पर्सा, जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित छिपहरमाई गाउँपालिका-२ टिउकी बस्ने ६० वर्षीय रामचन्द्र महतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारततर्फ जाँदै गरेको ना.६३ प १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक महतलाई पक्राउ गरेको हो ।
बारा, कलैया उपमहानगरपालिका-१२ सितलपुर नजिक सडकबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय चांदकिशोर राम र सोही ठाउँ बस्ने ३२ वर्षीय प्रभु राम रहेका छन् । बा.२५ प १९९५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिअर्वाबाट खटिएको जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक चाँदकिशोर र मोटरसाइकलमा सवार प्रभुलाई पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका-२ स्थित सडकबाट १० किलो अवैध लागूऔषध गाँजा आइतबार साँझ प्रहरीले बरामद गरेको छ । सिन्धुलीको क्यामनचुलीबाट हरिवन चिसापानीतर्फ जाँदै गरेको बा.७३ प ६०४७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएपछि मोटरसाइकलमा जाँच गर्ने क्रममा बोरामा ल्याएको उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।