विभिन्न जडीबुटीसहित दुई जना पक्राउ
२०७९-११-२४
- A
- A-
- A+
बागलुङ, ढोरपाटन नगरपालिका-१ देवचोकबाट सुनाखरी १ सय ३८ किलो ५ सय ग्राम, एक खुट्टे च्याउ २२ किलो ५ सय ग्राम र वन लसुन ९ किलोसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा निसिखोला गाउँपालिका-५ कारीगाउँ बस्ने २४ वर्षीय मिलन भण्डारी र सोही गाउँपालिका-४ कानाबगर बस्ने २१ वर्षीय रेशम बहादुर मल्ल रहेका छन् । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले निसिखोला गाउँपालिकाबाट-४ कानाबगरबाट बुर्तिबाङतर्फ जादै गरेको लु.१ ज ४५२६ नम्बरको जिपमा ल्याउँदै गरेको उक्त जडिबुटीसहित फेला पारी जिप चालक मिलन र जिपमा सवार रेशमलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।