कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-२०
- A
- A-
- A+
पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने रामजान भन्ने २६ वर्षीय हसमुदिन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
अन्सारी समेतले बारा कलैया उपमहानगरपालिका-५ बहुअर टोल नहरको छेउमा मनिष कुमारको हत्या गरी फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१ छप्कैयाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा कलैया पठाइएको छ ।