ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०५
- A
- A-
- A+
काठमाडौं, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने पर्सा पकहाँ मैनपुर गाउँपालिका-३ पकहाँ टोल बस्ने २० वर्षीय प्रदिप पासवानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१० बालकुमारीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।