अवैध लागूऔषध ब्राउनसुगरसित दुई जना पक्राउ
२०८१-०३-१०
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-८ बानियाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ९१ मिलिग्राम, मोबाइल ५ थान, १९ हजार नेपाली रूपैयाँ, १ हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्नेहरू बर्दिया गेरूवा गाउँपालिका-६ घर भएका १९ वर्षीय भरत बोहोरा र मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका २६ वर्षीय तुलाराम चौधरी रहेका छन् ।
उनीहरूले लागूऔषध खरिद बिक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले भरत बोहोराले प्रयोग गरेको बा.९० प ४२९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।